अफगानिस्तानमा उद्धारका लागि थप १८ विमान परिचालन गर्ने अमेरिकी राष्ट्रपति वाइडेनको घोषणा

  •   काठमाडौं
  •   ७ भाद्र २०७८, सोमबार
  •   खुल्ला खबर
  • अमेरिकाले अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ विमान परिचालन गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जानकारी दिनुभएको हो ।

    रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले सोमवारदेखि उद्धारको काम थाल्ने छन् । युनाइटेड एयरलाइन्सका चारवटा विमान, अमेरिकी एयरलाइन्स, एट्लस एयरलाइन्स, डेल्टा एयरलाइन्स र ‌ओम्नी एयरका तीनरतीनवटा तथा हवाइयन एयरलाइन्सका दुईवटा विमान परिचालन हुनेछन् ।

    अमेरिकी रक्षा विभागले सिभिल रिजर्भ एयरफ्लीट ९सिआरएएफ० अन्तर्गत १८ वटा विमान परिचालन गर्न लागेको हो । राष्ट्रपति बाइडेनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने उल्लेख गरेका छन् । कतार र जर्मनीजस्ता अस्थायी केन्द्रमा परीक्षण गरेर उद्धार गरिएका व्यक्तिलाई अमेरिका वा कुनै तेस्रो देशमा लगिने बाइडेनको भनाई छ । उद्धार गरिएका कोही पनि काबुलमा नउत्रिने बताइएको छ ।

    राष्ट्रपति बाइडेनले काबुल विमानस्थलबाट पनि मानिसहरुलाई उद्धार गर्ने काम तीव्र भइरहेको बताउनु भयो । उहाँले विमानस्थलको क्षेत्र क्षेत्रलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको बताउनु भयो । बाइडेनले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै हालसम्म अमेरिकाले २८ हजार मानिसको उद्धार गरेको जानकारी पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *