कोरोनासङ्गैको हाम्रो समाज र युवा अवस्था

  •   काठमाडौं
  •   १४ भाद्र २०७८, सोमबार
  •   आदर्श न्यौपाने
  • नेपालको संविधान २०७२ जारी भएपश्चात देशमा सम्पुर्ण हत्याहिंसा , अपराध , लुटपाट , डाकाडकैतीको अन्त्य भै देश समृद्वतर्फ उन्मुख हुने सर्वत्र आशा थियो । अझ बि.सं २०७४ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचन पश्चात् सम्माननिय केपी शर्मा ओली र नेपाली जनताको सुविधाजनक जितसङ्गै सुखी नेपाली र समृद्ध नेपालको अपेक्षा धेरै थियो । नाकाबन्दीका बिरुद्व , नेपालको सार्वभौमिकताको रक्षाको खातिर आफुलाई पुर्ण रुपमा उभ्याउने ओली सामु आफ्ना सपना पूरा गर्ने अभिष्ट र अबसर त छदैँछ । जनताका माझमा मुर्झाएका सपनालाइ नयाँ रुप दिदैँ जनताका नायक बनेका ओली साँच्चै नै गरिब , निमुखा नागरिकको ज्युँदा भगवान हुन भन्दा फरक नपर्ला । आजका पुस्ताका ओली राजनेता हुन । ओलीको यात्रा सामाजिक न्याय , समानता र समाजबादतिरको रहेको छ ।

    तर आज हामी कोरोना महामारीसङ्ग जुद्विरहेका छौँ । देशभित्र मात्रै सङ्क्रमितको सङ्ख्या ५० हजार आसपास पुग्नु र मृतकको सङ्ख्या दिन दुगुणा र रात चौगुणा हुँदै गएको छ । देशको अर्थतन्त्र मृत सन्जिवनीको पर्खाइमा छ । सरकार आफ्नो क्षमताले भ्याएसम्म जनताको जीवन बचाउनेमात्र नभई अर्थतन्त्रलाई उकास्न लागिपरेकै छ ।
    यहि समयमा खाडी , मलेसिया तथा अन्य मुलुकमा आफ्नो रोजगारी गुमाएका लाखौं युवा आफ्नो भुमी टेक्न तड्पिरहेका छन । सरकारले ती युवाहरुलाई स्वदेश फर्काउने काम गरि राखेकैछ । उनीहरु फर्किसकेपछी कसरी ब्यवस्थापन गर्ने भन्नेमा देशब्यापी बहस चलेका छन ।

    बिदेशबाट स्वदेश फर्कनेको बिषयमा देशब्यापी चिन्ता छ । तर गाउँबाट शहरमा पढाइ वा रोजगारीको सिलसिलामा गएका र चैतमा भएको लकडाउनसङ्गै विभिन्न समयमा विभिन्न तरिकाबाट गाउँ पुगेका युवाहरुको बिषयमा कुनै चासो पाइदैन । यसरी गाउँ फर्केका केही युवा रचनात्मक काममा लागि गाउँका पाटीपौवा , कुवा , कुलोकरेसा , गोरेटो बाटो , मोटरबाटो इत्यादि स्तरोन्नतिमा लागेका छन । कतिपयले त यो खेतीपाती लगाउने र भित्र्याउने समयमा आफ्ना बुढा बुवाआमालाई सघाएर आफ्ना अभिभावकलाई नयाँ प्रबिधी पनि सिकाएका छन । उनीहरु तरकारी तथा फलफुल खेतीमा आकर्षित भएका छन । तर बिडम्बना यसरी गाउँ फर्केका अधिंकाश युवा आज गाँजा र रक्सीसेवनमा फँसेका छन । सामाजिक मुल्यमान्यतालाई लात मारीसकेका उनीहरुमा हामी सर्वेसर्वा हौँ भन्ने धङधङी पाइन्छ ।एकान्त ठाँउमा रहेका घर , मन्दिर , पाटी , पौवामा बसी गाँजा सेवन गरि होहल्ला गर्नु हाम्रो गाउँघरमा सामान्य भइसक्यो ।

    आफुभन्दा ठुलाले भनेको मान्ने , उहाँहरुलाई आदर गर्ने , सम्मान दिने र आफुभन्दा सानालाई माया गर्ने , मार्गनिर्देश गर्ने सामाजिक सांस्कृतिक मुल्यमान्यताको अन्त्य भएको छ । गाउँका आमा हजुरआमा , दिदीबहिनी तथा छोरीचेलीलाई इज्जत गर्ने र बक्रदृष्टी नलगाउने हाम्रा सनातन मान्यता हुन । तर आफुलाई सृष्टिको आदर्श प्राणी मान्ने हामी माझका लागुपदार्थको दुर्ब्यशनीमा लागेका युवाहरुबाट बुवाआमा , चेलीबेटी र बालबच्चा सुरक्षीत रहेनन अब । अझ यसलाई केही दृष्टान्तबाट प्रष्ट बुझ्न सकिन्छ ।

    दृष्टान्त १ ) केही महिना अघि साझँको समयमा घासँको भारी बोक्नुभएको एक अन्टिलाई केही गाजाँसेवन गरेका युवाहरुले दुव्र्यवहार गरेका थिए ।

    दृष्टान्त २ ) हप्तादिन पहिले आफ्नो बारीमा मकै भाच्नँ जानुभएको भाउजुलाई केही युवाहरुले अश्लील शब्द बोलेपछी उहाँले आफ्नो बुढालाई फोन गर्नुभएछ र ती युवाहरु भागेछन ।

    दृष्टान्त ३ ) केही दिन पहिले ७ बर्षको बालकलाई रक्सीसेवन गरेका एक ब्यक्तिले ५० रुपैयाँ दिन्छु , तेरो तु* देखा भनेको सुनेर मैले नै गाली गरेको थिएँ ।

    दृष्टान्त ४ ) एक युवकको घरनजिकै रहेको खाली घरमा आई रक्सी सेवन गरी अश्लील शब्द प्रयोग गरि होहल्ला गर्ने युवाहरुलाई रातीको समय १० बजे सम्झाउन अर्धनग्न ( सुतिसकेको र धेरै नै होहल्ला भएकोले जुरुक्क उठेर गएको ) अबस्थामा नै गएका रहेछन । त्यहाँ नपुग्दै उनले एउटालाई चिनेछन । उनीलाई त्यो भिडसङ्ग यथाअवस्थामा कुरा गर्नु सुरक्षित लागेनछ । बिहान अरु को को रहेछन सम्झाउनुपर्यो भन्ने लागेर त्यो केटालाई भेट्न जादाँ बाटामा भेट हुनुभएको बुबाबाट को को हुन थाहा पाएछन र कुरा गर्नु उचित नलागेर फर्केछन । त्यसको केही घण्टामा ती युवाहरुले उनीकोमा आई दुव्र्यवहार गर्दै आक्रमणको शैलीमा उनीहरुको अधिकार र इज्जतको अपमान गरेको भन्दै तथानाम भनेछन । उनी संयमित हुँदै भिडबाट जोगिए । जम्मा भएका गाउँका थप मान्छेले उनको पक्ष लिएपछि ती युवाहरु हिडेँ र जादाँजादैँ एउटाले तलाई सबक सिकाउछु भनेपछि उनीले नि देखा जायगा तँ पनि बचेर हिड भनेको छन । हिजोको उनीको गल्ती चौकीमा खबर नगर्नु हो ।

    अन्त्यमा , गाउँमा यसरी जम्मा भएका युवालाई रचनात्मक र सकारात्मक काममा लगाई सद्कर्मको बाटो देखाउनु पर्छ । युवा सहभागिता बिना समृद्धिको यात्रा अधुरो छ । सम्माननिय केपी ओलीज्युको सपना सकार्ने अभियान यी युवासङ्गै हुन आवश्यक छ । तर यस तर्फ स्थानीय सरकारको ध्यान नपुगेको आभाष हुन्छ । गाउँघरमा बढ्दो चोरी , हिसाँ लगायतका घटनामा यस्तै युवाको संलग्नता हुने र यसलाई नरोक्ने हो भने भोलि सामाजिक साँस्कृतिक असन्तुलन देखापर्छ र ठूलो दुर्घटना निम्तिने खतरा छ । तन्त्र त परिवर्तन भयो तर हिजोको सोचको धङधङी कहिलो पो अन्त्य हुने हो ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *