खेलकुद

                                                       

बक्सिङमा नेपाललाई ऐतिहासिक सफलता

  ७ भाद्र २०७८, सोमबार

दक्षिण एसियाली खेलकुदको तेह्रौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो इतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ । दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ्गको जुनियर ५४ किलो तौल समुहअन्तर्गत स्कुले मुक्केवाज छिरिङ्ग वाङ्दी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५–० को […]

                                                       

शहीदस्मारक काभ्रे जिल्ला स्तरीय भलिबल प्रतियोगितामा खानीखोला गाउँपालिका विजयी

  १७ माघ २०७७, शनिबार

काभ्रे: शहीद दिवसको अवसर पारेर आयोजना गरिएको शहीदस्मारक काभ्रे जिल्ला स्तरीय भलिबल प्रतियोगिताको विजेता खानीखोला गाउँपालिकाको पोल्टामा गएको छ । दलिञ्चोक भलिबल क्लबले आयोजना गरेको गत सोमबारबाट शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न पालिका तथा क्लबहरु गरी १४ समूह सहभागी रहेका थिए । लिगको आधारमा खेलाइएको खेलको शुक्रवार भएको फाइनल खेल महाभारत तथा खानीखोला गाउँपालिकाबीच भएको […]

                                                       

वाग्मतीलाई हराउँदै आर्मी पीएम कपकाे फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

  १५ माघ २०७७, बिहीबार

काठमाडौँ: वाग्मती प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा आज बिहीवार वाग्मतीलाई ९४ रनले हराउँदै आर्मी उपाधि नजिकै पुगेको हो । आर्मीले जितका लागि दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले ४० ओभर २ बलमा अलआउट हुँदै एक सय ३५ रनमात्रै बनाउन सक्यो । वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक […]

                                                       

राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकाको पहिलो जित

  १२ माघ २०७७, सोमबार

काठमाडौँ: सविता राना मगरको ह्याट्रिक मद्दतमा चन्द्रपुर नगरपालिका उदयपुरले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरले चौदण्डीगढीलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगाएको हो । चोदण्डीगढीकी अञ्जना थुलुङले २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। खेलको पहिलो हाफमा चौदण्डीगढीले बनाएको अग्रता जोगाउन नसक्दा […]

                                                       

लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश

  १२ माघ २०७७, सोमबार

एजेन्सी: लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–२ ले विजयी गराउन ब्रुनो फर्नान्डेजले फ्रि–किकमार्फत निर्णायक गोल गरे । यसअघि लिभरपुलका मोहोमद सलाहले दुई गोल गरेका थिए भने म्यान्चेस्टर युनाईटेडका मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरेका थिए । जितसँगै […]

                                                       

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : बागमती सेमिफाइनलमा

  ११ माघ २०७७, आईतवार

काठमाडौं: प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बागमती र लुम्बिनी प्रदेशले बराबरी खेलेका छन् । खेलमा दुवै टिमले समान २२० रन बनाएपछि म्याच टाई भएको हो । बराबरी भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् । बागमतीले ४ खेलबाट ७ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको छ । लुम्बिनीले ४ खेलबाट […]

                                                       

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले कर्णालीलाई ७१ रनले हरायो

  १० माघ २०७७, शनिबार

काठमाडौँ: प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले  कर्णाली प्रदेशलाई ७१ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो। एपीएफका लागि सन्दीप जोराले ६०, अमर रौटेलाले ३१, सुवास खकुरेलले २३, शंकर राना र भुवन कार्कीले समान […]

                                                       

प्रधानमन्त्री कप क्रिकटमा एपीएफ र कर्णाली तथा लुम्बिनी र सदूरपश्चिम भिड्दै

  १० माघ २०७७, शनिबार

काठमाडौँ: प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्दैछ । दुई टिमबीचको खेल बिहान ९ बजे हुँदैछ । कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ । यस्तै मुलपानी क्रिकेट […]

                                                       

गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शिर्ष स्थानमा

  ८ माघ २०७७, बिहीबार

एजेन्सी: फुलहमलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराति फुल्हमको मैदानमा भएको खेल म्यान्चेस्टर युनाईटेडले २–१ ले जित्यो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन फ्रेन्च खेलाडी पउल पोग्बाले ६५ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि खेलको पाचौं मिनेटमै एडेमोला लुकम्यानको गोलमार्फत फुल्हमले अग्रता लिएपनि म्यान्चेस्टरका एडिन्सन काभानीले गोल […]

                                                       

महिला लिग आजबाट, आर्मी र पुलिस भिड्ने

  ७ माघ २०७७, बुधबार

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन । पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला […]