देउवा–प्रचण्डको संगतसँगै माधवले बेचे इमान, चन्द्रागिरी रिशोर्ट लगेर भेडा-बाख्रा सरह थुने सांसद

  •   काठमाडौं
  •   ७ भाद्र २०७८, सोमबार
  •   खुल्ला खबर
  • एमाले छाडेर नयाँ पार्टी गठनमा लाग्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक जीवनमै सवैभन्दा ठूलो अपराध गर्नुभएको छ । जीवनभर सांसद खरिदबिक्रीको बिपक्षमा उभिदै आउनु भएका नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको संगतले आफै सांसद खरिद बिक्रितिर हात लम्काउनु भएको हो ।

    नेता नेपालले निर्वाचन आयोगमा सनाखत नपुग्ने भन्दै आफू निकट सांसद तथा केन्द्रीय सदस्यहरुलाइै भेडा बाख्रा सरह परिणत गरी चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा लगेर राख्नुभएको हो । निर्वाचन आयोगमा निवेदन दिइएको नेकपा ९एकीकृत समाजवादी० दर्ताको चरणमा रहेका नेता नेपालले केन्द्रीय सदस्यलाई दायाँ–बाँया नलाग्न निर्देशन दिँदै आजबाटै चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा लगेर थुनिएको हो ।

    आज साँझ नेताहरुलाई लिएर रिसोर्ट पुग्नुभएको नेपालले दुई दिन यताउति केही नगर्न निर्देशन दिनुभएको छ । यता निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यान्वयनका लागि स्थायी कमिटी बैठक भोली नै बोलाएपछि नेपालले केन्द्रीय सदस्यहरु यताउति हुन नदिन रिसोर्ट बुक गर्नुभएको हो ।

    आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर रिसोर्टमा पुग्नुभएको नेता नेपाल त्यँही बस्ने कार्यक्रम छ । नेपाल निकट एक नेताका अनुसार उक्त रिसोर्टमा झन्डै सय जनाका लागि आज कोठा बुक गरिएको छ । उहाँका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन् । उनीहरू बुधबार बिहानसम्म चन्द्रागिरिमै बस्ने स्रोतले जनाएको छ । साभारः जनताटाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *