बुस्टर डोजले सजिलै नियन्त्रण हुन्छ डेल्टा भाइरस, यस्तो छ बैज्ञानिकहरुको अनुसन्धान निश्कर्ष

  •   काठमाडौं
  •   ७ भाद्र २०७८, सोमबार
  •   खुल्ला खबर
  • वैज्ञानिकहरुले कोरोनाविरुद्ध लगाइने तेस्रो खोप अर्थात् बुस्टर डोजले डेल्टा भाइरस सजिलै नियन्त्रण गर्ने बताएका छन् । कोरोनाबिरुद्धको तेस्रो खोपबारे चौतर्फी बहस बढिरहेका बेला वैज्ञानिकहरुले तेस्रो डोजले डेल्टा भेरियन्ट सहजै नियन्त्रण हुने बताएका हुन् ।

    अहिले अझै पनि विश्वका बिकासन्मुख देशमा खोप अभावमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ । तर, अमेरिकालगायतका विकसित देशमा भने बुस्टर डोज दिने तयारी भइरहेको छ । विभिन्न भेरियन्टकोे उत्पत्तिसँगै वैज्ञानिकहरुले पनि बुस्टर डोजलाई जोड दिएका छन् । डेल्टा भेरियन्ट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैँलिदा कोरोना नियन्त्रणमा वैज्ञानिकहरुले गरेका प्रयासमा निराश छाएको थियो । खोप लगाएका धेरै मानिसहरुमा एन्टिबोडिको तह न्यून देखिन थालेपछि इजरायललगायतका देशले बुस्टर डोज दिनुपर्ने आवाज उठाएका थिए ।

    ‘बुस्टर डोजले डेल्टा लगायतका अन्य भेरियन्टलाई निस्तेज बनाउछ,’ क्यालिफोर्नियाको संक्रमण रोग तथा खोप अनुसन्धानसम्बन्धी संस्थाका प्राध्यापक सेन क्रोटीले भन्नुभयो । डेल्टा भेरियन्ट भएका बिरामीमा अन्यमा भन्दा धेरै मात्रामा भाइरस देखिने गरेको चीनका अनुसन्धनाकर्ताको भनाई छ । डेल्टा भेरियन्ट रोग प्रतिरोध प्रणालीकै लागि ठूलो चुनौती भएको क्रोटी बताउनु हुन्छ ।

    ‘खोपको अतिरिक्त मात्राले मानिसहरुको रोगप्रतिरोधी क्षमता सशक्त बनाउने र डेल्टा भेरियन्टलाई मानिसको नाक तथा घाँटीमा पुग्न अवरोध गर्ने भएकाले कोरोना अन्य मानिसमा विस्तार हुँदैन,’ उहाले भन्नुभयो । बुस्टर डोजको अवधारणा भाइरस र मानिसको रोग प्रतिरोधी प्रणालीबीचको दौड भएको उनको भनाइ छ । महामारीका अन्य भाइरस नियन्त्रण गर्न लगाइने खोप प्रायः तीनपटक लगाउनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार जति पटक भाइरस दोहोरिन्छ, त्यति नै थोरै समयमा एन्टिबडीले शरीरमा संक्रमण हुनबाट रोक्छ । ९न्यज एजेन्सी०

Leave a Reply

Your email address will not be published. Required fields are marked *