राष्ट्रिय

                                                       

दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय जनप्रतिनिधिलाई एमालेको निर्देशन (अपानीको पत्रसहित)

  १४ भाद्र २०७८, सोमबार

नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको हो । नेकपा एमालेले प्रदेश, जिल्ला र सो मातहतका कमिटीहरूका साथै जनसंगठनहरुमा नेकपा (एमाले)मा विद्यमान समस्या […]

                                                       

सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने

  १४ भाद्र २०७८, सोमबार

सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, […]

                                                       

सम्धी माधवतिरै, वामदेव यता न उता

  ८ भाद्र २०७८, मंगलवार

औपचारिक विभाजनको बाटोमा गएको नेकपा एमालेभित्र नेता तानातानको शृंखला सुरु भएको छ । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिनुभएका माधवका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै फर्किनुभएको छ । उता, माधव नेपाललाई साथ दिने बताउँदै आउनु भएका एमाले उपाध्यक्ष वामदेव गौतम भने दुवै […]

                                                       

सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्योः प्रदीप ज्ञवाली

  ८ भाद्र २०७८, मंगलवार

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले संसदीय अभ्यासको बर्खिलाप क्रियाकलाप गरेको आरोप लगाउनुभएको छ । नेकपा एमाले स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलनमा ज्ञवालीले सभामुखमाथि पूर्वाग्रहपूर्ण गतिविधि गरेको आरोप लगाउनुभएको हो । उहाँले विगतमा टोपबहादुर रायमाझी, लेखराज भट्टको सांसद सदस्य रिक्त गर्दा र अहिलेको व्यवस्था फरक गरेको बताउनुभयो । उहाँले भन्नुभो के देशमा दुईवटा […]

                                                       

एमाले मिल्दा बाबुरामको रूवाबासी

  ८ भाद्र २०७८, मंगलवार

नेकपा एमालेमा मिलेकोमा डा. बाबुराम भट्टराईलाई तनाव व्यक्त गरेका गर्नुभएको छ । उहाँले ट्वीट गर्दै एमाले मिलेकोमा दुःख मनाउ गनुभएको छ । उहाँले भन्नुभएको छ – ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत र आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै, बाघ बुढो र स्याल तन्नेरी […]

                                                       

एमाले छाडेसँगै माधव समुहले त्याग्यो जवज, दियो यस्तो कारण

  ८ भाद्र २०७८, मंगलवार

नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दल दर्ताको तयारीमा रहनुभएका माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीसँगै जनताको बहुदलीय जनवाद (जवज) पनि त्याग्नुभएको छ । नयाँ दल दर्ताका लागि बिधानलाई अन्तिम रुप दिने बैठकमा बरिष्ठ नेता झलनाथ खनालले आफूहरुले जवज त्यागेको सार्वजनिक घोषणा गर्नुभएको हो । निर्वाचन आयोगले दल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत […]

                                                       

एमालेले तोक्यो बिधान महाधिवेशन र दशौं महाधिवेशनको मिति

  ८ भाद्र २०७८, मंगलवार

नेकपा एमालेले आगामी मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म काठमाडौंमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले असोज ४, ५ र ६ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । विधान अधिवेशनको तयारीका लागि भदौ १० […]

                                                       

१० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धमा यस्ता छन् एमालेको ८ निर्णय

  ८ भाद्र २०७८, मंगलवार

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ। १० बुँदे प्रस्ताव कार्यान्वय सम्बन्धमा विभिन्न ८ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।।मंगलबार तुल्सीलाल अमात्य प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। १। पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी जिल्ला […]

                                                       

माधव नेपाललाई ठूलो झड्का, जुटेन २० प्रतिशत

  ८ भाद्र २०७८, मंगलवार

नेकपा एमाले विभाजन गरेर नेकपा ९एकीकृत समाजवादी० दर्ताका लागि निवेदन दिनुभएका माधवकुमार नेपालसँग २० प्रतिशत सांसद नपुग्ने देखिएको छ । निर्वाचन आयोग स्रोतका अनुसार दर्ताका लागि बुझाइएको निवेदनअनुसार नेपालको २० प्रतिशत नपुगेको हो । दल दर्ताको निवेदनमा नेपालसँग ३१ जना सांसद रहेका छन । त्यो संख्या अहिले कायम रहेको सदस्य संख्याको २० प्रतिशत भए पनि […]

                                                       

यस्तो छ माधव नेतृत्वको पार्टीको घोषणापत्र र बिधान (पुर्णपाठ)

  ८ भाद्र २०७८, मंगलवार

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार पारेको छ । अध्यष माधवकुमार नेपालले चन्द्रागिरि हिल्स रिसोर्टमा दुवै दस्तावेज बितरण गर्नुभएको हो । प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो। नेपाल नेतृत्वको पार्टीको मार्गनिर्देशक सिद्धान्त […]