सम्धी माधवतिरै, वामदेव यता न उता

  •   काठमाडौं
  •   ८ भाद्र २०७८, मंगलवार
  •   त्रिबेणी
  • औपचारिक विभाजनको बाटोमा गएको नेकपा एमालेभित्र नेता तानातानको शृंखला सुरु भएको छ । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिनुभएका माधवका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै फर्किनुभएको छ ।

    उता, माधव नेपाललाई साथ दिने बताउँदै आउनु भएका एमाले उपाध्यक्ष वामदेव गौतम भने दुवै पार्टीका बैठकमा सहभागी हुनुभएको छैन । जता बार्गेनिङअनुसार फाइदा हुन्छ, त्यतै लाग्ने नीतिका साथ बामदेव यता न उता हुनुभएको हो । चन्द्रागिरि रिसोर्टमा जारी प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० पार्टीको बैठकमा विगतमा एमालेमै रहेका भनिएका पाण्डे, माया ज्ञवालीलगायतका नेता सहभागी भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले बताउनु भएको छ ।

    उपाध्यक्ष गौतम भने हिजोदेखि जारी नेपाल पक्षधर नेताहरूको बैठकमा सहभागी हुनुभएन भने तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा समेत सहभागी हुनुभएको छैन । विगतमा नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य जारी बैठकमा सहभागी भए पनि गौतम हालसम्म बैठकमा उपस्थित नहुनुभएको हो । निर्वाचन आयोगले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न साढे दुई घन्टाको समय छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *