अन्तर्राष्ट्रिय

                                                       

तालिवानलाई चुनौती दिने पंजशीर प्रान्त कब्जा गर्न अघि बढे तालिवानी लडाकु

  ७ भाद्र २०७८, सोमबार

तालिवानले अफगानिस्तानको पंजशीर प्रान्त नियन्त्रणमा लिन आफ्ना लडाकु पठाएको छ । राजधानी काबुलसहित प्रायः सबै इलाकामा तालिवानले कब्जा जमाउँदा पंजशीर घाटी भने नियन्त्रण बाहिर रहेको छ । तालिवानका प्रवक्ताले आइतवार राती तालिवानका सयौ लडाकु पंजशीर घाटीतर्फ अघि बढेको जानकारी दिएका छन् । काबुलको उत्तरमा अवस्थित पंजशीर तालिवान विरोधीहरुको गढका रुपमा परिचित छ । जसको नेतृत्व […]

                                                       

अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा, भियतनाम पनि जाने

  ७ भाद्र २०७८, सोमबार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण पूर्वी एसिया भ्रमणका लागि सिंगापुर पुग्नुभएको छ । ह्यारिस आइतबार दिउँसो सिंगापुर आइपुग्नुभएको हो । उहालाई विमानस्थलमा सिंगापुरका विदेश मन्त्री भिभियन बालाकृष्णनले स्वागत गर्नुभएको थियो । सिंगापुर पुगेपछि उपराष्ट्रपति ह्यारिसले दक्षिण पूर्वी एसिया र एन्डो प्यासेफिक क्षेत्र अमेरिकाको सुरक्षा र सम्मृद्धिका लागि निकै महत्वपूर्ण भएको बताउनुभयो । सात दिने दक्षिण […]

                                                       

अफगानिस्तानमा उद्धारका लागि थप १८ विमान परिचालन गर्ने अमेरिकी राष्ट्रपति वाइडेनको घोषणा

  ७ भाद्र २०७८, सोमबार

अमेरिकाले अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ विमान परिचालन गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जानकारी दिनुभएको हो । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले सोमवारदेखि उद्धारको काम थाल्ने छन् । युनाइटेड एयरलाइन्सका चारवटा विमान, अमेरिकी एयरलाइन्स, एट्लस एयरलाइन्स, डेल्टा एयरलाइन्स […]

                                                       

बुस्टर डोजले सजिलै नियन्त्रण हुन्छ डेल्टा भाइरस, यस्तो छ बैज्ञानिकहरुको अनुसन्धान निश्कर्ष

  ७ भाद्र २०७८, सोमबार

वैज्ञानिकहरुले कोरोनाविरुद्ध लगाइने तेस्रो खोप अर्थात् बुस्टर डोजले डेल्टा भाइरस सजिलै नियन्त्रण गर्ने बताएका छन् । कोरोनाबिरुद्धको तेस्रो खोपबारे चौतर्फी बहस बढिरहेका बेला वैज्ञानिकहरुले तेस्रो डोजले डेल्टा भेरियन्ट सहजै नियन्त्रण हुने बताएका हुन् । अहिले अझै पनि विश्वका बिकासन्मुख देशमा खोप अभावमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ । तर, अमेरिकालगायतका विकसित देशमा भने बुस्टर […]

                                                       

अफगान द्धन्द्धको कहालीलाग्दो कथा : २२ लाख विस्थापित, ३५ लाख घरबारबिहिन

  ७ भाद्र २०७८, सोमबार

अफगानिस्तानमा सरकार र तालिवानबीचको द्धन्द्धका कारण लाखौ मानिस विस्थापित भएका छन् । तालिवानको सत्तापलटसँगै पछिल्लो समय त्यहाँबाट विस्थापित हुने मानिसको संख्या झन बढ्दो छ । पछिल्लो एक सातामा हजारौं मानिसले देश छोडेका छन् । दुई दशक लामो द्धन्द्धका कारण अहिलेसम्म २२ लाख मानिस विस्थापित भएर छिमेकी मुलुकमा आश्रय लिएका छन् । त्यस्तै, द्धन्द्धै कारण ३५ […]

                                                       

अफगानिस्तानको दृष्यले दबाबमा अमेरिकी राष्ट्रपति बाइडेन

  ७ भाद्र २०७८, सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल बिमानस्थलबाट अफगानिस्तान छोड्न चाहने व्यक्तिलाई स्वदेश फर्काउने कार्य तीव्र भइरहेको बताएका छन् ।अमेरिकी सेनाले काबुल विमानस्थलको धावनमार्गको पेरिमिटर विस्तार गरिरहेकै बेला राष्ट्रपति बाइडेनको सो भनाइ सार्वजनिक भएको हो । गत १५अगस्टमा तालिवानले अफगान सत्ता कब्जा गरेपछि हजारौ अफगानीहरु काबुल विमानस्थलमा बसेका छन् । अमेरिकाले काबुल बिमानस्थलबाट अहिलेसम्म झन्डै २८ हजारलाइ […]

                                                       

तालिवानको अमेरिकी सेनालाई निर्देशन : तोकेको समयभित्र मैदान खाली गर्नु

  ७ भाद्र २०७८, सोमबार

तालिवनका प्रवत्ता मुहमद सुहाइल शहिनले अमेरिकी सेना निर्धारित समयभित्र अफगानिस्तानबाट फर्किनुपर्ने बताएका छन् । अमेरिकी सेना तोकिएको समयसिमा पछि पनि काबुलमा रहन सक्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले संकेत गरिरहेका बेला तालिवानका प्रवत्ताको सो भनाइ सार्वजनिक भएको हो । तालिवान र अमेरिकाबीच भएको सम्झौता अनुसार अमेरिकाले ३१ अगस्टभित्र अफगान मैदान खाली गर्नुपर्छ । ‘विदेशी फौजले तोकिएको […]